काठमाडौँ । तीव्र गतिमा बढिरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्वर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरूले भरिएको छ । तर उर्जाशील किसानहरूले यही कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
पछिल्लो समय कोरोना भाइरसले आक्रान्त बनाएको काठमाडौं उपत्यकाका कतिपय किसानहरू घरको छतमा तरकारी र फलफूल उत्पादन गरेर लाखौँ आम्दानी गरिरहेका छन् । बढ्दो सहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतियोग्य जमिन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरू घरको छतमै फलफूल र तरकारी खेती गरेर लाखौँ आम्दानी गरिहेका हुन् । केही समय अघिसम्म आफ्नो आवश्यकताअनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसाहरू अहिले छतमै ड्रागन फ्रुट फलाइरहेका छन् । ड्रगन फ्रुटको खतीबाट कोरोनाका कारण बेरोजगार बनेका युवाहरूलाई राहत दिने मात्रै नभएर खाद्यन्न संकट, भोकमरी र अनिकाललाई समेत न्यूनीकरण गर्न सकिने ड्रागन फ्रुट व्यवसायी वासुदेव ढकालले बताउनुभयो ।
खेतीयोग्य जमिन मासिँदै गए पनि उपत्यकाका घरका ५० प्रतिशत छतहरूमा मात्रै ड्रागन फ्रुटको खेती गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने उहाँले बताउनुभयो । रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सुन्तला, आँप कटहर खेतीभन्दा सहज र बजारीकरणका लागि सरल हुने उहाँको भनाइ छ । वर्षेनी ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको ड्रागन फ्रुटको खती विस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत केही सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो । राष्ट्र बैंकले समेत मौद्रिक नीतिमार्फत विशेष गरी गरी कृषि क्षेत्र र ड्रागन फ्रुटको खेति प्रवद्र्धनका लागि कार्यक्रमहरू ल्याएर सहयोग गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर